१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

बझाङ उपनिर्वाचन : माओवादी केन्द्रबाट जनक बुढाकाे नाम सिफारिस 

बझाङ — बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र (१) बाट उम्मेदवारका लागि नेकपा माओवादी केन्द्रले जनक बुढाको नाम सिफारिस गरेको छ । 

बझाङ उपनिर्वाचन : माओवादी केन्द्रबाट जनक बुढाकाे नाम सिफारिस 

१५ बैशाखमा हुने उपनिर्वाचनका लागि माओवादी केन्द्रले पार्टीका प्रदेश कमिटी सचिव बुढाको नाम अघि सारेको हो । उनी संविधानसभा सदस्य समेत रहिसकेका छन् । उनले पार्टीले आफ्नाे नाम सर्वसम्मत सिफारिस गरेकाे बताए ।

उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते हुँदैछ । अहिलेसम्म एमालेबाट दमन भण्डारी र नेकपा एसले दीलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरिसकेकाे छ । नेपाली कांग्रेसले भने उम्मेदवार टुङग्याउन बाँकी छ ।

प्रकाशित : चैत्र १८, २०८० १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?