कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सुदूरपश्चिममा नागरिक उन्मुक्ति निर्णायक, मुख्यमन्त्रीमा दाबी

माओवादी केन्द्र र एमालेको सांसद संख्या २० जना मात्र हुन्छ । त्यस अवस्थामा नागरिक उन्मुक्ति निर्णायक अवस्थामा रहेको छ ।
अर्जुन शाह

धनगढी — कांग्रेससहित सत्ता गठनबन्धन भत्किएर एमालेसँगको नयाँ बन्न लागेको गठबन्धनमा सुदूरपश्चिम प्रदेश सरकार गठनमा भने नागरिक उन्मुक्ति निर्णायक हुने भएको छ । नागरिक उन्मुक्ति जता ढल्कियो उसैको प्रदेश सरकार बन्ने छ । 

सुदूरपश्चिममा नागरिक उन्मुक्ति निर्णायक, मुख्यमन्त्रीमा दाबी

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल ५२ सदस्य रहेका छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन् । सरकार गठनका लागि २७ जना सांसद आवश्यक हुन्छन् ।

माओवादी केन्द्र र एमालेको सांसद संख्या २० जना मात्र हुन्छ । त्यस अवस्थामा नागरिक उन्मुक्ति अनिवार्य हुन्छ । त्यही गणितलाई मध्यनजर गर्दै नागरिक उन्मुक्तिका अध्यक्ष रेशमलाल चौधरीले सुदूरपश्चिममा मुख्यमन्त्री दाबी रहेको बताइसकेका छन् ।

प्रकाशित : फाल्गुन २१, २०८० १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?