१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कञ्चनपुरमा राष्ट्रिय परिचयपत्र वितरण आइतबारदेखि

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरमा आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण अभियान सुरु गरिने भएको छ । उक्त अभियानको सुरुवात देशभरिमै पहिलो पटक कञ्चनपुरबाट गर्न लागिएको हो ।

विगतमा विवरण संकलन गरिएका व्यक्तिहरुको परिचयपत्र वडा वडामै पुगेर वितरण गरिने छ । यसका लागि परिचयपत्र पञ्जिकरण विभागको टोली समेत महेन्द्रनगर पुगिसकेको छ । टोलीले बिहीबारदेखि परिचयपत्र वितरणमा खटिने कर्मचारीदेखि वडाध्यक्ष र वडा सचिव लगायतलाई तालिम दिन सुरु गरेको छ ।

‘जसरी वडा वडामै पुगेर विवरण संकलन भएको थियो, त्यसैगरि वडामै गएर वितरण गरिनेछ,’ प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले भने, ‘सम्बन्धित व्यक्ति आफैले बुझ्नुपर्ने भएकाले वडामै वितरण गरिन लागेको हो ।’

उनका अनुसार कञ्चनपुरमा १ लाख ७२ हजार परिचयपत्र वितरण गरिनेछ । पहिलो चरणमा भीमदत्त, दोधारा चाँदनी, बेलौरी र पुनर्वास नगरपालिकामा वितरण गरिनेछ । यो अभियान करिब ३ महिनासम्म चल्नेछ । वडामा परिचयपत्र लिन नसकेकाहरुले जिल्ला प्रशासन कार्यालयबाट पाउने छन् ।

प्रकाशित : फाल्गुन १७, २०८० १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?