२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

मर्मतका लागि खलंगास्थित नेपाल-भारत जोड्ने झोलुंगे पुल बन्द

मनोज बडू

दार्चुला — दार्चुला सदरमुकाम खलंगास्थित नेपाल-भारत जोड्ने झोलुंगे पुल बन्द गरिएको छ । पुल मर्मतका लागि आइतबार केही घण्टा बन्द गरिएको नेपाली प्रशासनले जनाएको छ ।

मर्मतका लागि खलंगास्थित नेपाल-भारत जोड्ने झोलुंगे पुल बन्द

शनिबार अवेर जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गरी बिहान ९ बजेदेखि २ बजेसम्म पुल बन्द गरिने जनाएको थियो । झोलुंगे पुलका पट्टा र नट बोल्ट मर्मत गर्नुपर्ने भएकाले सीमा पुल बन्द भएको छ ।

पुल मर्मत कार्य बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म हुने भएकाले सो समयमा पुलमा आवतजावत बन्द रहने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिए । पुल मर्मतबारे भारतीय पक्षबाट जानकारी प्राप्त भएकाले उल्लेखित समयमा पुलबाट आवतजावत बन्द हुने प्रशासनले जनाएको छ ।

प्रकाशित : फाल्गुन १३, २०८० ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?