१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

सहकारीको पैसा कोठाबाटै चोरी

मनोज बडू

दार्चुला — दार्चुला सदरमुकाम खलंगामा संकलन गरेको सहकारीको पैसा कोठबाटै चोरी भएको छ । 

सोमबार खलंगास्थित आर्मी गेट अगाडि डेरा गरी बस्ने ब्यास गाउँपालिका-६ की मञ्जुको कोठाबाट सहकारीमा जम्मा गर्नुपर्ने ३२ हजार रूपैयाँ चोरी भएको उनले बताइन् । केदारनाथ बचत तथा ऋण सहकारी संस्थाकी संकलनकर्ता भट्टको कोठामा रहेको झोलाबाट रकम चोरी भएको बताइएको छ ।

उनका अनुसार सहकारीमा जम्मा गर्नुपर्ने एक लाख १७ हजार रुपैयाँमध्ये ३२ हजार रुपैयाँ सोमबार साँझ चोरी भएको र मंगलबार बिहान साढे ६ बजेको समयमा उक्त रकममध्ये १४ हजार ढोका अगाडि राखेको पाइएको मन्जु भट्टले बताइन् ।

पैसा चोरी भएकोबारे प्रहरीमा निवेदन दिइसकेको उनको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : फाल्गुन ८, २०८० २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?