कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नौगाडमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

मनोज बडू

दार्चुला — नौगाड गाउँपालिका–२ सुण्डमुन्नमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार दल्लेक–सुण्डमुन्न सडक खण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको सिमेन्ट बोकेको सुदूरुपश्चिम प्रदेश ०२००१ त १४२९ नम्बरको ट्याक्टर ब्रेक फेल भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही निर्माण सेवा कम्पनीका ओभरसियर धनुषा जिल्ला नारायण नगरपालिका–५ गमरखोलीका ३२ वर्षीय राम सागर रावत गम्भीर घाइते भएका थिए । गम्भीर घाइते रावतलाई आइतबार राति जिल्ला अस्पतालमा पुर्‍याए पनि उनको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो ।

ट्याक्टर चालक बैतडीको मेलौली नगरपालिका–१ बस्ने २८ वर्षीय विजेन्द्रसिंह नायक फरार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । उनले फरार ट्याक्टर चालकको खोजी भइरहेको छ । दुर्घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली दुर्घटनास्थलतर्फ गएको छ । ट्याक्टर सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन ७, २०८० १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?