२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

इन्जिनियरले फर्जी सिमकार्ड निकालेर ७२ हजार लुटेपछि...

बझाङ — गत बुधबार दिउँसो वित्थङचिर गाउँपालिका-१ का मोहनबहादुर बोहराले चलाइरहेको सिमकार्ड एक्कासी बन्द भयो । त्यसपछि उनको त्यही मोबाइल नम्बर प्रयोग भएको बैंक खाताबाट निकालियो ७२ हजार रुपैयाँ । अचानक मोबाइल र बैंक खाता ह्याक भएपछि उनी गुनासो लिएर प्रहरी कार्यालय पुगे ।

इन्जिनियरले फर्जी सिमकार्ड निकालेर ७२ हजार लुटेपछि...

उनको उजुरीपछि प्रहरीले अनुसन्धान थाल्यो । डडेलधुरास्थित नेपाल टेलिकमको कार्यालयबाट तथ्यांक हेर्दा थाहा भयो- उनको सिमकार्ड अरु कसैले निकालेको रहेछ । प्रहरीले मोहनको नम्बर आफ्नो बनाएर उनको बैंक खाताबाट रकम चोरी गरेको आरोपमा बझाङकै वित्थडचिर गाउँपालिकाका २६ वर्षीय धनबहादुर बोहरालाई पक्राउ गरेको छ ।

'टेलिकममा बुझ्दा एक व्यक्तिले आफ्नो सिम हराएको र अर्कैले प्रयोग गरिरहेको भन्दै सिमकार्ड निकालेको देखियो ।सीसीटिभी फुटेज हेर्दा उनले अनुहार मास्कले ढाकेका रहेछन्,' डडेल्धुराका डीएसपीले दिपक कुमार कार्कीले भने, 'मोहनकै कागजात प्रयोग गरेर सिमकार्ड निकालेर रकम चोरी गरेको भेटिएको छ ।'

पक्राउ परेका बोहरा सोही गाउँपालिकामा प्राविधिक सहायककारुपमा कार्यरत छन् । सुदूरपश्चिम विश्वविद्यालयबाट इन्जिनियरिङ पढेका उनी उनको ब्याचका टपर समेत हुन् ।

उनले मोहनको मतदाता परिचय पत्र डाउनलोड गरी त्यसैको प्रयोग गरेर सिम निकालेको र सिमको प्रयोगबाट मोहनबहादुरको बै‌ंक खातामा रहेको रकम चोरी गरेको प्रहरीले जनाएको छ । उनले मोहनको नविल बै‌ंकमा रहेको खाताबाट ३५ हजारको नमस्ते र ३५ हजारको एनसेलको रिचार्ज कार्ड खरिद गरेको पाइएको छ ।

डिएसपी कार्कीका अनुसार उनलाई ठगी सम्बन्धी कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

प्रकाशित : माघ २९, २०८० १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x