११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

करेन्ट लागेर बालिकाकाेे मृत्यु

डाेटी — घरकाे विद्युत सर्ट भएपछि करेन्ट लागेर एक बालिकाको मृत्यु भएकाे छ । 


शिखर नगरपालिका वडा नं. ११ तल्लीसातकि ११ वर्षिया बबिता बोहरा 'बबी' काे मृत्यु भएकाे आमा चन्द्रादेवीले बताइन् ।उनको शुक्रबार साँझ आफ्नै घरमा विद्युतकाे तार सर्ट भइ करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएकाे थियाे ।

तल्लीसातस्थित भुवनेश्वरी आधारभूत विद्यालयमा कक्षा-२ मा अध्ययनरत रहेकी थिइन् । मृतकका बुवाकाे ७ बर्ष अघि भारतमा राेजगारीकाे सिलसिलामा मृत्यु भएकाे थियाे ।

प्रकाशित : माघ २७, २०८० १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?