१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११०

दुई जना फरार प्रतिवादी पक्राउ

भवानी भट्ट

कञ्चनपुर — प्रहरीले लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीका अनुसार बेदकोट नगरपालिका-६ का कमल चौधरी र भीमदत्त नगरपालिका-१४ नयाँ कटानका अजय भण्डारीलाई आइतबार उनीहरुकै घर ठेगानाबाट पक्राउ गरिएको हो ।

चौधरीलाई जिल्ला अदालत कञ्चनपुरले २०७७ फागुन १२ गते १ महिना २६ दिन र भण्डारीलाई ०७८ पुस २७ गते १ महिना १ दिन कैद सजाय सुनाएको थियो ।

उनीहरुलाई जिल्ला अदालतमा पेस गराई कैद भुक्तानका लागि कारगार चलान गरिएको प्रहरीले जनाएको छ ।

डेढ लाखभन्दा बढीको सामान बरामद

यसैबीच प्रहरीले भन्सार छलेर भित्र्याइएको डेढ लाख बढीको अवैध मालसामान बरामद गरेको छ । भीमदत्त नगरपालिका-६ बनगाउँबाट आइतबार उक्त सामान बरामद गरिएको हो ।

प्रहरीका अनुसार १ लाख ६० हजार मूल्य बराबरको चिनी, पेठा, नरिवललगायतका सामानहरु बरामद गरिएको हो ।

प्रकाशित : मंसिर १७, २०८० १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?