कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

राप्रपा कार्यकर्ताद्वारा भीमदत्तको सालिक तोडफोड, १८ जना पक्राउ

भवानी भट्ट

कञ्चनपुर — राप्रपा कञ्चनपुरले शुक्रबार महेन्द्रनगरमा गरेको प्रदर्शनका सहभागीले किसान नेता सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेका छन् । महेन्द्रनगरस्थित पार्कभित्र रहेको सालिक शुक्रबार तोडफोड गरिएको हो । 

राप्रपा कार्यकर्ताद्वारा भीमदत्तको सालिक तोडफोड, १८ जना पक्राउ

राप्रपा कञ्चनपुरले राजतन्त्र र हिन्दु धर्मका पक्षमा र्‍याली निकालेको थियो । र्‍यालीका सहभागीहरुले भीम वाटिकाको नाम मेटाउनुका साथै पार्कभित्र रहेको सालिकमा तोडफोड गरेका हुन् । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले २ महिलासहित १८ जना राप्रपाका नेता, कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । भीडलाई तितरवितर पार्न प्रहरीले २ सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।

‘तोडफोडमा संलग्न रहेकाहरुलाई भिडियोका आधारमा नियन्त्रणमा लिइएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले भने, ‘कारबाही गर्ने विषयमा छलफल भइरहेको छ ।’

राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्रबहादुर चन्दले सालिक तोड्ने कुनै योजना नरहेको र अनियन्त्रित भीडले एकाएक तोडफोड गरेको बताए । उनले पार्क नजिकै कोणसभा गरेर र्‍याली समापन गर्ने योजना भए पनि भीडले सालिक तोडेको बताए ।

प्रकाशित : मंसिर ८, २०८० १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?