कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

महेन्द्रनगरमा पनि छठको उल्लास

भवानी भट्ट

कञ्चनपुर — महेन्द्रनगर बजार नजिकैको महाकाली सिंचाई आयोजनाको नहर किनार छठ मनाउनेको भीडले भरिएको छ । पूर्वी तराईबाट बसाईं सरेर आएकाहरुले यहाँ छठ मनाउने गरेका हुन् । 

महेन्द्रनगरमा पनि छठको उल्लास

भीमदत्त नगरपालिका–६, ऐठपुरमा पर्ने नहर किनार छठका लागि सिंगारिएको छ । ब्रतालु महिला र पुरुषहरु नदी किनारमा पुजा गर्न लागेका छन् । घरबाट फलफुल, मिठाई र पुजाका सामग्री लिएर नदी किनार पुगेका छन् ।

‘आज (आइतबार) अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन्, भोली (सोमबार) बिहान उदाउँदो सुर्यलाई अर्घ्य दिएर छठको समापन गरिनेछ,’ छठ व्यवस्थापन समितिका संयोजक हरि ठाकुरले भने, ‘त्यसपछि यहाँ ल्याएको फलफुल प्रसादका रुपमा खाइन्छ र ब्रत तोडिन्छ ।’ उनका अनुसार कतिपय ब्रतालु रातीको समयमा नहर किनारमै पनि बस्छन् ।

महेन्द्रनगर तथा आसपासका क्षेत्रमा पुर्वी तराईबाट बसाई सरेर आएकाहरुको संख्या करिब एक सय हाराहारी छ । ति सबै परिवारका सदस्य छठ मनाउन नहर किनारमा पुग्छन् । ठाकुरका अनुसार यहाँ टठ मनाउन थालेको १५ वर्ष भनदा बढी भइसकेक् ोछ । सुरुका दिनमा एक/दुई परिवार मात्रै यहाँ आउथे भने अहिले यो संख्या निकै ठुलो भएको छ ।

‘मिथिला क्षेत्रबाट बसाई सरेर आएकाहरु यहाँ पनि छठ मनाउन थालेका हौं,’ ठाकुर भन्छन्, ‘बसार्इंसराईंसँगै छठ पनि फैलिँदै गएको छ ।’


प्रकाशित : मंसिर ३, २०८० १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?