फरार प्रतिवादी तीन दशकपछि पक्राउ

कञ्चनपुर — कञ्चनपुर प्रहरीले कुटपिट मुद्दाका फरार प्रतिवादीलाई तीन दशकपछि पक्राउ गरेको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-९ का धनबहादुर सुनारलाई शुक्रबार पक्राउ गरी कारागार चलान गरिएको हो ।
सुनारलाई जिल्ला अदालत कञ्चनपुरले २०५० फागुन १५ गते कुटपिट मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो । सुनारलाई आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले बताए ।