नौगाडका अध्यक्ष सवार जिप दुर्घटना, चालक गम्भीर घाइते

दार्चुला — नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । बिहीबार दिउँसो जिप दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् ।

नौगाड गाउँपालिका २ सुण्डमुण्डबाट होपरीगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड गाउँपालिका ३ बगड ज्यामिरेमा दुर्घटना भएको हो । गाउँपालिकाकै जिप दुर्घटनामा गम्भीर घाइते भएका चालक जयभान सिंह ठगुन्नालाई थप उपचारका लागि धनगढी लगिएको छ ।
स्थानीय नरेन्द्रसिंह ठगुन्नाका अनुसार गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको छ । घाइते दुवैलाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको थियो ।
प्रकाशित : कार्तिक ३०, २०८० १५:१०