९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

अछाममा अटो दुर्घटना : २ जनाको मृत्यु

मेनुका ढुंगाना

अछाम — बुधबार राति ११ बजे अछाममा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। पञ्चदेवल विनायक नगरपालिका-४, कालिकास्थान टोट्केसालमा अटो दुर्घटना हुँदा कमलबजार नगरपालिका वडा नम्बर-२ का जनक खड्का र वडा नम्बर-४ का दीपक बोहराको मृत्यु भएको अछामका प्रहरी प्रमुख सन्तोष पाठकले बताए ।

अटोमा ६ जना सवार रहेका र अन्य घाइते हुनेमा कमलबजार नगरपालिका-८ का देवेन्द्र विष्ट, वीरेन्द्र विष्ट र वडा नम्बर ४ का लक्ष्मण थापा र दिनेश साउद रहेका छन् ।

दीपक बोहराले चलाएको अटो सडकबाट ५० मिटर तल खसेको प्रहरी प्रमुख पाठकले बताए ।

प्रकाशित : कार्तिक ३०, २०८० १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?