भूकम्पले मार्माको वडा कार्यालय भवन चर्कियो

दार्चुला — मंगलबार दिउँसो दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पका कारण मार्मा गाउँपालिका- ६ को वडा कार्यालय चर्किएको छ ।

भूकम्पले वडा कार्यालयको भित्ता चर्किएको वडा सचिव मोहनसिंह विष्टले बताए ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेट र अहिले भर्खरै ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो । बझाङको तलकोट केन्द्रविन्दु बनाएर ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो ।
