कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

बैतडीको होटेलमा बझाङका युवक मृत फेला

मनोज बडू

दार्चुला — बैतडी जिल्ला दशरथचन्द नगरपालिका–८ झुलाघाटस्थित बोहरा होटेलमा बझाङका पुरुष मृत्त फेला परेका छन् । बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ बुडखोरिका अन्दाजी ३३ वर्षीय हिक्मत धामीको शव फेला परेको बैतडी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति साढे २ बजेको समयमा झुलाघाटस्थित रहेको बोहरा होटेलको माथिल्लो तलाको कोठामा धामी मृत अवस्थामा फेला परेका हुन् ।

घटनास्थलमा प्रहरी खटिएका छन् । उनका आफन्तलाई खबर गरेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । धामी भारतको अलमोडमा काम गर्दै आएका थिए । दसैंतिहार नजिकिएसँगै उनी घर फर्किंदै थिए ।


प्रकाशित : आश्विन १५, २०८० १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?