कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३८

सेती अस्पतालको प्रमुखमा डा. कमर

अर्जुन शाह

धनगढी — सेती प्रादेशिक अस्पतालको प्रमुखमा डाक्टर शेरबहादुर कमर नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयले सोमबार अस्पतालमै कार्यरत फिजिसियन डा. कमरलाई मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेको हो । यसअघि प्रमुख रहेका डा. हेमराज पाण्डेलाई महाकाली प्रादेशिक अस्पतालमा सरुवा गरिएको छ ।

सेती अस्पतालको प्रमुखमा डा. कमर

सेती प्रादेशिक अस्पताल सुदूरपश्चिमको एक मात्र रेफरल अस्पताल हो । पछिल्लो समयमा अस्पतालको सेवा लगालिंग भएको चौतर्फी गुनासोकाबीच मन्त्रालयले डा. कमरलाई प्रमुखको जिम्मेवारी दिएको हो । डा. कमरले आफूले अस्पालतबाट प्रदान गरिने सेवा सुधारका लागि प्रयत्नशील रहने बताए ।

‘प्रभावकारी समन्वय, अत्यावश्यक सेवामा अपुग चिकित्सक थप्ने, बिरामीले जानकारी नपाएर भौतारिनु पर्ने अवस्थाको अन्त्य गर्न फोकल पर्सन तोक्नेलगायतका कामहरु जरुरी छन्,’ डा. कमरले भने, ‘अप्रेसन सेवालाई छरितो बनाउने, अल्ट्रासाउन्ड सेवा नपाइरहेको गुनासोलाई व्यवस्थापन गरे समस्या समाधान गर्न प्राथमिक कामहरु हुन् ।’

प्रकाशित : आश्विन २, २०८० ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्रको गति कस्तो लागिरहेको छ ?