कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मी पन्तलाई पितृशोक

कान्तिपुर संवाददाता

कञ्चनपुर — कान्तिपुरकर्मी डिआर पन्तलाई पितृशोक परेको छ । उनका बुवा पण्डित कृष्णदत्त पन्तको शुक्रबार दिउँसो निधन भएको हो । उनको शुक्रबारै महाकाली नदीमा अन्तिम संस्कार गरिएको छ । 

कान्तिपुरकर्मी पन्तलाई पितृशोक

पन्तको १०२ वर्षको उमेरमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ वाणीस्थित आफ्नै निवासमा निधन भएको हो । उनले एक सातादेखि अन्न र पानी त्याग गरेका थिए ।

पन्तका ४ छोरा, ३ छोरी र श्रीमती छन् ।

डडेलधुराका स्थायी बासिन्दा पन्त वृद्धावस्थामा वाणीमा बसोबास गर्दै आएका थिए ।

प्रकाशित : भाद्र २९, २०८० २०:१३
प्रतिक्रिया
पठाउनुहोस्