शुक्लाफाँटामा गैंडाको आक्रमणबाट महिलाको मृत्यु

भवानी भट्ट

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएकी एक महिलाको गैंडाको आक्रमणबाट मृत्यु भएको छ । अन्य दुई महिलाले रुखमा चढेर ज्यान जोगाएका छन् ।

निकुञ्ज कार्यालयका अनुसार मृत्यु हुनेमा बेलडाडी गाउँपालिका–२ की ४६ वर्षीय बेलमति बुढा रहेकी छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरका अनुसार शुक्रबार बिहान नेपाली सेनाको गस्ती टोलीले निकुञ्जको कालीकिच ताल क्षेत्रमा बुढालाई मृत अवस्थामा भेटेको हो । त्यसपछि निकुञ्ज कार्यालयलाई जानकारी प्राप्त भएको हो ।

अहिले निकुञ्ज प्रशासनको टोली घटनास्थलतर्फ गइरहेको छ । त्यसपछि मात्रै घटनबारे विस्तृत विवरण प्राप्त हुने ऐरले बताए ।

प्रकाशित : भाद्र २९, २०८० ११:१९
प्रतिक्रिया
पठाउनुहोस्