१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अचेत अवस्थामा भेटिएका पुरुषको मृत्यु

मनोज बडू

दार्चुला — महाकाली नगरपालिका–४ जीपपार्क नजिक बेहोस अवस्थामा फेला परेका एक पुरूषको मृत्यु भएको छ । आइतबार बिहान २:३५ बजेतिर जिप पार्क (पिपलबोट) नजिक भेटिएका बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९ का देव परियारको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

टाउकोमा गम्भीर चोटसँगै शरीरका अन्य भागमा घाउसहित अचेत फेला परेका परियारलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पतालमा पुर्‍याएको थियो । मृतक परियार दार्चुलामा मजदुरी गर्दै आएका थिए ।

घटनाबारे अनुसन्धान गर्न बसपार्क नजिक रहेका होटल सञ्चालकलगायत टिकट काउन्टरमा काम गर्ने केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : जेष्ठ २१, २०८० १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?