कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणाको विरोध

अर्जुन शाह

धनगढी — बजेट वक्तव्यमा गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने उल्लेख भएपछि  सुदूरपश्चिममा चौतर्फी विरोध भइरहेको छ । नेपाल सरकारको गत माघ २९ गते गत माघ २९ गते मन्त्रिपरिषद् बैठकबाट गेटालाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।

गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणाको विरोध

सुदूरपश्चिम प्रदेशसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै कांग्रेस, एमाले, माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले सरकारको विरोध गरेका हुन् । नेपाली कांग्रेसका सांसद प्रकाशबहादुर बमले गेटालाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने मन्त्रिपरिषद्कै निर्णयविपरीत प्रतिष्ठान बनाउने कुरा बजेट वक्तब्यमा आउनु गलत भएको बताए ।

एमालेका धर्मराज पाठकले धर्मराज पाठक बजेट वक्तव्यले गेटालाई अलपत्र पार्ने षड्यन्त्र भएको दाबी गरे । ‘एक सय शय्याको अस्पताल बनाउने कुरा कहाँबाट आयो ? यसले त विश्वविद्यालय त परै जाओस् मेडिकल कलेज पनि नबन्ने अवस्था भयो,’ उनले भने, ‘केन्द्रले सधैँ सुदूरपश्चिमलाई ठग्दै आएको छ । हामीले लामो समयदेखि स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै आयौं, नीति तथा कार्यक्रममा पनि आयो तर बजेटमा चाहिँ अर्कै आयो ।’ यो सवाल सुदूरपश्चिमका २७ लाख जनताले गुणस्तरीय स्वास्थ्य सेवा लिन पाउने विषय भएको उनको भनाई थियो ।

माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले 'माफियाहरूको चलखेलमा' विश्वविद्यालय बनाउने निर्णय रोक्न खोजिएको भन्दै त्यसो हुन नदिने बताए ।

धनगढी र अत्तरियाका नागरिक अगुवा संघर्ष समिति गठन गरेरै आन्दोलित भएका छन् । बिहीबार अत्तरियाका स्थानीयले एक घण्टा यातायात अवरुद्ध गरेर विरोध गरेका छन् । हालसम्म करिब साढे पाँच अर्ब लागतमा ४२ वटा आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण भइसकेका छन् ।

प्रकाशित : जेष्ठ १८, २०८० १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?