१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

करेन्ट लागेर एक पुरूषको मृत्यु

मनोज बडू

दार्चुला — अपिहिमाल गाउँपालिका-३ मर्खोलामा करेन्ट लागेर एक पुरूषको मृत्यु भएको छ । मंगलबार दिउँसो बिजुली मर्मत गर्ने क्रममा स्थानीय अन्दाजी ३५ वर्षीय दमनसिंह कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनी आफ्नै घर नजिकको बिजुलीको पोलमा चढेर विधुत् मर्मत गरिरहेको अवस्था करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो । अहिले घटनास्थलमा अपिहिमाल गाउँपालिका-४ खण्डेश्वरी प्रहरी चौकीबाट सुरक्षाकर्मी खटिएको छ ।


प्रकाशित : जेष्ठ १६, २०८० १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?