कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

महाकालीले बगाएर एक जना बेपत्ता

मनाेज बडु

दार्चुला — महाकाली नदीले बगाएर साेमबार दिउँसाे एक किशोर बेपत्ता भएका छन् । महाकाली नगरपालिका–१ धम्पनेराका १५ वर्षीय किशोर सुदिप धामी दिउँसो महाकाली नदीमा बगेर बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।

महाकालीले बगाएर एक जना बेपत्ता

जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी तर्कराज पाण्डेयका अनुसार उनी साथीहरुसँग महाकाली नगरपालिका–१ कलौनस्थित महाकाली नदीमा पौडी खेलिरहेकाे अवस्थामा नदीमा डुबेको तथा त्यसको केही समयपछि नदीमा बगेर बेपत्ता भएका हुन् ।

करिब एक किलोमिटर तल पुलघाट क्षेत्रमा उनलाई बग्दै गरेको देखिए पनि त्यसपछि भेटाउन नसकिएको प्रहरिले जनाएकाे छ ।

बेपत्ता धामीको सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरिरहेको छ । धामी महेन्द्र नमूना मावि खलंगामा कक्षा १० मा अध्ययनरत छात्र हुन् ।

प्रकाशित : जेष्ठ १५, २०८० १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?