पहिरोले महाकाली राजमार्गको दार्चुला–गोकुलेश्वर खण्ड अवरूद्ध

मनोज बडू

दार्चुला — पहिरोका कारण महाकाली राजमार्गको दार्चुला–गोकुलेश्वर सडक खण्ड अवरूद्ध भएको छ । शनिबार रातिको वर्षाले राजमार्गको दार्चुला–गोकुलेश्वर खलंगा सडक खण्डको तेर्छालेकमा पहिरो खस्दा अवरुद्ध भएको हो ।

पहिरोले महाकाली राजमार्गको दार्चुला–गोकुलेश्वर खण्ड अवरूद्ध

शनिबार रातिको वर्षाले हिलोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिरो एक किलोमिटर क्षेत्रमा फैलिएको छ ।


सडक अवरुद्ध हुँदा छोटो तथा लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् । अहिले सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रकाशित : जेष्ठ १४, २०८० १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?