हेलिकोप्टरबाट सुत्केरी र शिशुको उद्धार

मनोज बडू

दार्चुला — मालिकार्जुन गाउँपालिका ६ उकुकी सुत्केरी महिला र शिशुको हेलिकोप्टरबाट उद्धार गरिएको छ । २७ वर्षीया पुष्पा महराको थप उपचारका लागि मंगलबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

आइतबार गाउँकै स्वाथ्य चौकीमा महराले शिशु जन्माएकी थिइन् । सात महिनामै जन्मिएको उक्त शिशुको श्वासप्रश्वासमा समस्या देखिएकाले सोमबार आमा र बच्चालाई जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो ।

जिल्ला अस्पतालमा पनि बच्चाको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । महराको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार भएको जिल्ला प्रशासनले जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०८० १३:२८
प्रतिक्रिया
पठाउनुहोस्

थ्रेसरको पट्टामा बेरिएर घाइते भएका बालकको मृत्यु

मनोज बडू

दार्चुला — नौगाड गाउँपालिका-४ मा गहुँ चुट्ने थ्रेसरको पट्टामा बेरिएर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको छ ।

शुक्रबार दिउँसो नौगाड गाउँपालिका- ४ सिप्टीस्थित मल्लामट्टे बस्ने कक्षा ५ मा अद्ययनरत १३ वर्षीय बालक विनोद सिंह धामी गहुँ चुट्ने थ्रेसरको पट्टामा बेरिएर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घरभन्दा ५ सय मिटर टाढा गहुँ चुटिरहेको अवस्थामा थ्रेसरको पट्टामा धामीले लगाएको ज्याकेट बेरिन गइ घाइते भएको थिए । घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्‍याइएको थियो ।

उपचारका क्रममा शुक्रबार बेलुकी साढे ८ बजे गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ

प्रकाशित : जेष्ठ ६, २०८० १२:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×