कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बझाङको धानसेरी हिमालमा हिमपहिरो, चार जना बेपत्ता

एक घाइते, चार जना पुरिएर बेपत्ता भए
वसन्तप्रताप सिंह

बझाङ — सुर्मा गाउँपालिकाको यार्चा संकलन क्षेत्र धानसेरी हिमालमा हिमपहिरो जाँदा एक जना घाइते भएको र चार जना पुरिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

चार जना केही घण्टादेखि नै बेपत्ता भएकाले उनीहरू पुरिएको हुनसक्ने आकलन गरिएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी जागेश्वर भण्डारीले दिउँसो १ बजेतिर हिमपहिरोमा यार्चा संकलकहरु परेको जानकारी आएको र उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ पठाइएको जानकारी दिए ।

'एक जनाको घाइतेको उद्धार गरिएको र अरु चार जना पहिरोमा पुरिएको खबरका आधारमा प्रहरी टोली पठाइएको छ,' डीएसपी भण्डारीले भने, 'त्यसपछि सम्पर्क हुन सकेको छैन । भोलि प्रहरी टोली घटनास्थल पुगे पछि मात्रै थप विवरण आउला ।'

उनले हेलिकोप्टर मार्फत उद्धार टोली पठाउने कोसिस भइरहे पनि घटनास्थलको लोकेसनबारे थाहा नभएकाले असहज भइरहेको बताए ।

सुर्मा गाउँपालिकाकै स्थानीय तिलक पुजाराले हिम पहिरोमा पर्नेको संख्या ६ देखि ७ जना रहेको र दुई जना मृत फेला परेको अपुस्ट खबर आएको बताए ।

बिहान ११ बजेतिर हिमपहिरोमा मानिसहरू पुरिएको खबर गाउँमा आएको थियो । तर घटनास्थलबाट पनि कति मान्छे पहिरोमा परे भनेर यकिन गर्न सकेका छैनन् । उनले त्यस क्षेत्रमा ठूलो संख्यामा यार्चा संकलकहरु पुग्ने भएकाले धेरै मानिसहरु पहिरोमा परेको हुनसक्ने आशंका गरे ।

प्रकाशित : जेष्ठ ७, २०८० १९:०६
प्रतिक्रिया
पठाउनुहोस्

बलात्कारपछि हत्या आरोपित दुई जना १६ वर्षपछि पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — १६ वर्षअघि एक महिलालाई सामूहिक बलात्कारपछि हत्या गरी फरार रहेका दुई अभियुक्त पक्राउ परेका छन् । धरानस्थित इलाका प्रहरी कार्यालयले आइतबार सार्वजनिक गरेअनुसार पक्राउ पर्नेहरुमा धनकुटाको शहीदभूमि गाउँपालिका–१ धाप बस्ने ५६ वर्षीय चन्द्रबहादुर राई र ४५ वर्षीय कल्पन राई रहेका छन् ।

उनीहरुले ०६४ मंसिर १९ गते २५ वर्षीया विवाहित महिला ललिता राईलाई साविक धरान-५ महेन्द्रपथस्थित बलभद्रेश्वर अरुणोदय धर्मशालाको २१८ नम्बर कोठामा ल्याएर पटक-पटक बलात्कार गरेपछि घाँटी थिचेर हत्या गरेको बयान दिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताए । मुख र योनीबाट रगत बगिरहेको अवस्थामा ललिता राईको शव सोही कोठामा मंसिर २३ गते बेलुका फेला परेको थियो ।

फरार अभियुक्तहरु लामो समय नेपाल बाहिर बसेपछि फर्केर आएको अवस्थामा पक्राउ परेका हुन् । तत्कालीन समयमा किटानी जाहेरी नपरेपछि बलात्कार र हत्यामा सम्लग्नको पहिचान हुन सकेको थिएन । सुनसरी जिल्ला अदालतबाट १० दिनको म्याद थपी उनीहरुमाथि अनुसन्धान भइरहेको प्रनाउ मल्लले बताए ।


प्रकाशित : जेष्ठ ७, २०८० १९:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×