कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनिबार राति कृष्णपुर नगरपालिका–४ को मछेली नदी किनारमा करेन्ट लागेर स्थानीय ३४ वर्षीय प्रताप खुनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डांगीका अनुसार शनिबार रातिको हावाहुरीले विद्युत्का पोलहरु ढलेका थिए । ढलेकै पोलका तारबाट खुनालाई करेन्ट लागेको हो ।