कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लागूऔषधसहित दुई जना पक्राउ

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ कालागौडीबाट प्रहरीले खैरो हेरोइनलगायत विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका १८ का तपेन्द्र चौधरी र भीमदत्त नगरपालिका १ भासीका सुमित चौधरीलाई मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए ।

उनीहरुबाट ८ दशमलव ५१० ग्राम खैरो हेरोइन, प्रेगा र एन्टी कफ लगायत पनि बरामद भएको डीएसपी डाँगीले बताए । उनीहरुले प्रयोग गरेको तीन थान मोबाइल र मोटरसाइकलसमेत बरामद गरिएको छ ।

प्रकाशित : चैत्र १५, २०७९ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?