१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बझाङका ३ कृषक पुरस्कृत

बझाङ — बझाङका तीन कृषक प्रदेशस्तरीय ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’बाट सम्मानित भएका छन् ।

बझाङका ३ कृषक पुरस्कृत

सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयले प्रदान गर्ने उक्त पुरस्कारबाट जयपृथ्वी नगरपालिका–२ का गणेश खड्का, थलारा गाउँपालिका–८ का सिद्धराज जोशी र दुर्गाथली गाउँपालिका–५ थलिसैनकी मायादेवी जप्रेल पुरस्कृत भएका हुन् ।

पुरस्कारको राशि जनही २५ हजार नगद छ । जिल्ला समन्वय समिति बझाङका प्रमुख नरबहादुर बोहराले उक्त पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कृत खड्काले गड्यौला मल उत्पादन र व्यावसायिक रूपमा प्रांगारिक तरकारी खेती गर्दै आएका छन् । यस्तै, जोशीले फलफूल खेती र नर्सरीमा खटिएका छन् । पुरस्कृत मायादेवी जप्रेलले दुर्गाथली–५ थलिसैन गाउँलाई नमुना कृषि गाउँमा रूपान्तरण गर्ने कामकी अगुवा हुन् ।

प्रकाशित : चैत्र १४, २०७९ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?