धनगढीका स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब पाएनन्

अर्जुन शाह

धनगढी — ६ महिनादेखि तलबभत्ता नपाएको भन्दै धनगढी उपमहानगरपालिका अन्तर्गत कार्यरत स्थायी स्वास्थ्यकर्मीहरु काम ठप्प पारेर धर्नामा बसेका छन् । उनीहरुले गत असोज महिनादेखिको तलब भत्ता नपाएको गुनासो गर्दै दबाबमूलक कार्यक्रम अघि बढाएका हुन् ।

धनगढी उपमहानगरपालिकामा कार्यरत वडा तहदेखि उपमहानगरको कार्यालयमा कार्यरत ५४ जना स्वास्थ्यकर्मीले तलबभत्ता नपाएको बताएका छन् । बारम्बार अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि धर्नामा बस्नु परेको स्वास्थ्यकर्मी गीता भट्टले बताइन् ।

माग सुनुवाइ नभएसम्म उपमहानगरपालिकाको प्रशासन शाखामा हाजिरी गरेर नगरपाकिलाको चौरमा कालो पट्टिसहित दिने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका अन्य सेवाहरुमा आन्दोलनरत स्वास्थ्यकर्मीहरु सहभागी नहुने, दैनिक रुपमा सञ्चालन गरिएका कार्यक्रमहरुको प्रतिवेदन नगर्ने लगायतका दबाबमूलक कार्यक्रम गर्ने बताएका छन् ।

प्रकाशित : चैत्र १२, २०७९ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्

३ क्रिकेट खेलाडीलाई जनही ५० हजार नगदसहित तिलोत्तमा नगरपालिकाको सम्मान

सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ३ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । तिलोत्तमाले राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटस्पर्सन कुशल भुर्तेल, मौसम ढकाल तथा यू–१९ क्रिकेट टिमका कप्तान देव खनाललाई सम्मान गरेको हो । आइतबार एक कार्यक्रमबीच नगरपालिकाले खेलाडीहरुलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल पुरुष राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई नगरपालिकाले सम्मान गरेको हो ।

यस्तै, यू–१९ टिमका कप्तान खनालले टिमलाई जित दिलाउँदै सन् २०२४ मा श्रीलंकमा हुने यू–१९ विश्वकपका लागि छनोट गराउन सफल भएका छन् । नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जगेश्वरदेवी चौधरीले तीनै जना खेडालीलाई प्रशंसापत्रसहित नगद पुरस्कार वितरण गरे ।

सो अवसरमा नगर प्रमुख खाँणले तिलोत्तमालाई क्रिकेट हबको रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताए । खेलको माध्यमबाट भौतिक पूर्वाधार तथा मानवीय विकासमा समेत टेवा पुग्ने उनले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्दै तिलोत्तमा र सिंगो मुलुकलाई पहिचान दिलाएको भन्दै सम्मानित खेलाडीलाई उनले शुभकामना दिए ।

उपप्रमुख चौधरीले खेलाडीहरुले खेलमार्फत तिलोत्तमालाई पनि विशेष रुपमा पहिचान दिलाउन सफल भएको बताइन् । खेलाडी उत्पादनका लागि तिलोत्तमा नगरपालिकाले आवश्यक पहल जारी राखेको भन्दै चौधरीले खेलकै माध्यमबाट तिलोत्तमालाई परिचित गराउन पाउनु गौरवको विषय भएको बताइन् । सम्मान ग्रहण गर्दै क्रिकेटर भुर्तेलले सबैको साथ समर्थनले नै आफू र आफनो टिमले सफलता हासिल गरेको बताए । आफूहरुलाई सम्मान गरेर तिलोत्तमाले थप नयाँ र प्रतिभावान खेलाडी उत्पादनका लागि अवसर सिर्जना गरेको उनले बताए ।

प्रकाशित : चैत्र १२, २०७९ १२:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×