१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलन

डीआर पन्त

धनगढी — भाषा, साहित्य र संस्कृति संरक्षण, सम्वर्द्धनका लागि धनगढीमा तीनदिने विश्व नेपाली नारी साहित्य सम्मेलन सुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा शुक्रबारदेखि सम्मेलन सुरु भएको हो । एक समारोहबीच सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सम्मेलन उद्घाटन गरेका छन् ।

धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलन

तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, भुटान, बर्मा लगायतका देशका साहित्यकारहरु सहभागी छन् । उद्घाटन समारोहमा सुदूरपश्चिमका विभिन्न जिल्लामा मनाइने प्रख्यात सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको छ । छलीया नाच, रानाथारु, डंगौरा थारुका सांस्कृतिक प्रस्तुति, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटीबाट आएका कलाकारहरुले स्थानीय सांस्कृतिक प्रस्तुति गरेका थिए ।

अब दुई दिनसम्म विभिन्न विधामा साहित्यकारहरुबीच गहन छलफल हुने आयोजक संस्थाले जनाएको छ ।


प्रकाशित : चैत्र १०, २०७९ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?