१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

भवानी भट्ट

कञ्चनपुर — भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक नेपाली महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान घाँस दाउराका लागि गएका महिलाहरूको समूहमा बाघले आक्रमण गर्दा कञ्चनपुरको पुनर्वास नगरपालिका–१०, मदनटोल भीमबस्तीकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार निकुञ्जमा घाँस दाउरा गएका ७/८ जना महिलाको समूहमा बाघले आक्रमण गरेको हो । सार्कीको घटनास्थलमै मृत्यु भएको उनले बताए । अन्यले भने भागेर ज्यान जोगाए ।

अहिले भारतीय प्रहरीले घटनास्थलमा पञ्चनामा बनाउने काम गरिरहेको प्रहरी निरीक्षक मल्लले बताए । त्यसपछि पोस्टमार्टम गरेर आफन्तलाई बुझाइने मल्लले बताए । उनका अनुसार भारतीय सीमा सुरक्षा वन (एसएसबी) को कुवा नं. ८ भन्दा २ किलोमिटरभित्र वनमा महिलाहरुमाथि आक्रमण भएको हो ।

प्रकाशित : चैत्र १०, २०७९ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?