लागूऔषधसहित कञ्चनपुरमा ५ जना पक्राउ


कञ्चनपुर — कञ्चनपुर प्रहरीले लागूऔषध सहित ५ जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ भीमदत्त नगरपालिका–६ ऐठपुरबाट खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डांगीका अनुसार डडेल्धुराको आलिताल गाउँपालिका ५ घर भइ ६ ऐठपुरको शिवटोलमा भाडामा बस्ने सीमा थापा मगर र सोही ठाउँका राजु बोहरा २.७ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।
यसैगरी डडेलधुराकै परशुराम नगरपालिका ८ घर भइ ऐठपुरमै डेरा गरी बस्ने केशव बोहरासहित तीन जनालाई पक्राउ गरेको डिएसपी डांगीले बताए । उनीहरुबाट ०.८२ ग्राम खैरो हेरोइन बरामद भएको उनले बताए । पक्राउ परेको पाँचै जनाबाट १५ हजार ७ सय नगद र पाँच थान मोबाइल पनि बरामद भएको छ ।
