१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

लागुऔषध मुद्दाका फारर पक्राउ

कञ्चनपुर — लागुऔषध सम्बन्धी मुद्दाका फारर कसुरदार पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ का वीरेन्द्रबहादुर चन्दलाई पक्राउ गरि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

लागुऔषध मुद्दाका फारर पक्राउ

कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाशले चन्दलाई लागुऔषध चरेश सम्बन्धी मुद्दामा माघ १६ मा १ वर्ष ३ महिना कैद र १२ हजार जरिवानाको फैसला गरेको थियो । २०७६ मै मुद्दा चलेपनि त्यतिबेला उनलाई धरौटीमा छाडिएको थियो । फैसलाका बेला उनी फरार थिए । चन्दलाई पक्राउगरि जिल्ला अदालतमा पेश गरिएकोमा अदालतबाट कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

प्रकाशित : चैत्र ९, २०७९ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?