कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

चन्द नेकपाका कार्यकर्ताले लघुवित्तमा लगाए ताला

मनोज बडू

दार्चुला — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संगठनका कार्यकर्ताले शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा रहेका दुई लघुवित्तमा तालाबन्दी गरिदिएका छन् ।

मंगलबार गोकुलेश्वरस्थित माइक्रो फाइनान्स र निर्धन लघु वित्तीय संस्थामा तालाबन्दी भएको हो ।

लुघवित्तले सर्वसाधारणहरुलाई चर्को ब्याजदरमा ऋण दिएर मानसिक तनाव र दुःख दिएको भन्दै उनीहरूले वित्तीय संस्थालाई चेतावनी स्वरुप पहिलो चरणमा तालाबन्दी गरेको बताएका छन् ।

युवा संगठन नेपाल दार्चुलाका ईन्चार्ज जीवन विष्ट र संयोजक ओमप्रकाश रावलले विज्ञप्तिमार्फत वित्तीय संस्थामा तालाबन्दी लगाउनुको कारण खुलाएका छन् ।

विज्ञप्तिमा चक्रवती ब्याज असुल गरेको, महिला उद्यमीलाई १५ प्रतिशत ब्याज भन्ने सेवाशूल्क हर्जना लगाई १५ दिनमै असुल गरेको, ऋणीको घरबाट टिभी, बाख्रा, कुखुरा भैंसीसमेत उठाएको उल्लेख गरिएको छ । यस्तै ऋणीले समय माग्दा मानसिक यातना दिने गरेको जनाइएको छ । मंगलबार दिउँसो वित्तीय संस्थामा लगाइएको ताला प्रहरीले तोडेको थियो ।

प्रकाशित : चैत्र ७, २०७९ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?