स्ववियु निर्वाचन : बझाङका ३ क्याम्पसमा अनेरास्ववियु‚ २ वटामा नेविसंघ विजयी

वसन्तप्रताप सिंह

बझाङ — त्रिभुवन विश्वविद्यालयअर्न्तगतका सामुदायिक तथा आंगिक क्याम्पसमा आइतबार भएको निर्वाचनको नतिजा सार्वजनिक भएको छ । जसमा ३ क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियु, दुईवटा क्याम्पसमा कांग्रेसनिकट नेविसंघ र एकमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपानिकट अनेरास्ववियु विजयी भएका छन् । एउटा क्याम्पसको निर्वाचन स्थगित भएको छ । 

बझाङमा एमाले तथा नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुको गठबन्धन र नेविसंघ र नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी) को गठबन्धनबीच प्रतिस्पर्धा भएको थियो । सभापतिमा सेती क्याप्पस बगडगाउँबाट लक्ष्मण गिरी, सुनकुडा नमुना क्याम्पस सुनकुडाबाट दिलीप अधिकारी र थलारा क्याम्पस थलाराबाट महेश जेठारा निर्वाचित भएका छन् । तीनै क्याम्पसमा एमालेनिकट अनेरास्ववियुले जित हासिल गरेको हो ।

त्यस्तै खापरदेव क्याम्पस, खप्तडछान्नामा शर्मिला खत्री नेतृत्वको प्यानल र त्रिवेणी आदर्श क्याम्पस बुङगलमा करिना भण्डारीले जित हात पारेका छन् ।

बझाङ दीप क्याम्पस झोतामा भने चन्दनिकट अनेरास्ववियु क्रान्तिकारीका कमल थापा स्ववियु सभापतिमा निर्वाचित भएका छन् । यस क्याम्पसका अन्य पदाधिकारी तथा सदस्य पदमा अनेरास्ववियुको प्यानलले जितेको छ ।

त्रिभुवन विश्वविद्यालयअर्न्तगतको शान्ति आदर्श क्याम्पसमा भने निर्वाचन हुन सकेको छैन । सहमतिको प्रयासका लागि निर्वाचन स्थगित गरिएको अनेरास्ववियु बझाङका उपाध्यक्ष पुस्कर दौल्यालले बताए ।

प्रकाशित : चैत्र ६, २०७९ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय सहमतिको प्रस्ताव गर्दा एमाले र राप्रपाले समर्थन फिर्ता लिए, त्यसको जवाफ दिनुपर्छ : प्रधानमन्त्री दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले राष्ट्रिय सहमतिको प्रस्ताव गर्दा एमाले र राप्रपा सरकारबाट बाहिरिएको र समर्थन फिर्ता लिएको बताएका छन् । सोमबार संसद्‌मा विश्वासको मत सम्बन्धी प्रस्ताव राख्दै प्रधानमन्त्री दाहालले एमाले र राप्रपाले त्यस विषयमा जवाफ दिनुपर्ने बताएका हुन् ।

'राष्ट्रिय सहमतिमा राष्ट्रपति चयनका लागिका मेरो प्रस्ताव पछि अचानक राप्रपा र एमालेमा मन्त्रीहरुले राजीनामा दिनुभयो र सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिनुभयो,' दाहालले भने, 'सरकार गठनको २ महिना नपुग्दै विश्वासको मत फिर्ता लिने निर्णयको प्रतिरक्षा निर्णय गर्ने दल र माननीयहरुले नै गर्नुहोला । यो कति राजनीतिक भयो त्यसको जवाफ पनि उहाँहरुले दिनुहोला । जनताको पनि आफ्नो मूल्यांकन गर्नुहोला । तर साथीहरुले अहिलेसम्म पनि प्रधानमन्त्रीको यो गलत कामको कारणले गर्दा विश्वासको मत फिर्ता लिनुपर्‍यो भनेर भन्नुभएको छैन । '

प्रधानमन्त्री दाहालले सरकार बाहिर रहेका दलहरुलाई समेत जोडेर राष्ट्रिय सहमतिको प्रयास गरेको दाबी गरे । 'राष्ट्रसामु राजनीतिक स्थायित्व जनाएका दुई दल नै अस्थिरतातर्फ अग्रसर हुनु चिन्ताको विषय हो,' दाहालले भने ।

प्रकाशित : चैत्र ६, २०७९ १३:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×