

दार्चुला — दार्चुला महाकाली नगरपालिकास्थित राष्ट्रिय क्याम्पस दत्तुको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ । एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानललाई पराजित गर्दै नेविसंघ विजयी भएको हो ।

सभापतिमा नेविसंघका सरोज ग्वाइला विजयी भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको दत्तु क्याम्पसमा अनेरास्ववियुकी संयुक्त उम्मेदवार मनिषा धामीलाई ८ मतले पछि पार्दै सभापतिमा नेविसंघको ग्वाइला प्यानल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
एमाले र माओवादी निकट विद्यार्थीहरुका संयुक्त उम्मेदवार धामीले कुल खसेको मत ७१ मध्ये ३० मत प्राप्त गर्दा नेविसंघका ग्वाइलाले ३८ मत प्राप्त गरेका थिए । ८१ मतदाता रहेको दत्तु क्याम्पसमा ३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
प्रकाशित : चैत्र ५, २०७९ १८:२९