बाजुराको बुढीनन्दा क्याम्पसमा विद्यार्थीबीच झडप, नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर- सुदूरपश्चिम - कान्तिपुर समाचार

बाजुराको बुढीनन्दा क्याम्पसमा विद्यार्थीबीच झडप, नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर

अर्जुन शाह

धनगढी — बाजुराको कोल्टीस्थित बुढीनन्दा क्याम्पसमा भइरहेको स्ववियु निर्वाचनका क्रममा विद्यार्थी संगठनहरूबीच विवाद भएर झडपको अवस्था उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ ।

स्थानीयले दस राउन्ड हवाइ फायर भएको बताए पनि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी कबिन्द्रसिंह बोहोराले कति राउन्ड हवाई फायर भएको भन्ने विस्तृत विवरण आउन बाँकी भएको बताए । अवस्थालाई नियन्त्रण बाहिर जान नदिन हवाई फायर गर्नुका साथै सदरमुकाम मार्तडीबाट पनि थप सुरक्षाकर्मी पठाउन थालिएको उनले बताए ।

४ सय १२ मतदाता रहेको बुढिनन्दा क्याम्पसमा एमाले निकट अनेरास्ववियुका तर्फबाट सभापति पदका उम्मेदवार केशव बोहराको प्यानल र अर्कोतर्फ कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्र निकट विद्यार्थी संगठनको संयुक्त प्यानल छ । सो प्यालनबाट नेविसंघका मनिषा घटाला सभापतिको उम्मेदवार छन् ।

प्रकाशित : चैत्र ५, २०७९ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्

इक्वेडर र पेरुमा भूकम्पको शक्तिशाली धक्का, १४ को मृत्यु

इक्वेडर र पेरुको सीमा क्षेत्रमा ६.७ म्याग्निच्यूडको भूकम्प जाँदा इक्वेडरमा १३ जना र पेरुमा एक जनाको मृत्यु भएको छ । एक सय २६ जना घाइते भएका छन् ।
एजेन्सी

काठमाडौँ — इक्वेडर र पेरुमा शक्तिशाली भूकम्प जाँदा १४ जनाको मृत्यु भएको छ । भूकम्पका कारण कतिपय घर र भौतिक संरचना भत्किएका छन् । प्रभावित क्षेत्रका मानिसहरू सुरक्षित स्थानका लागि घरबाट बाहिर निस्किएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षण अनुसार इक्वेडरको तटीय क्षेत्र गुयासमा ६.७ म्याग्निच्यूडको भूकम्प गएको हो । अधिकारीहरूका अनुसार भूकम्पपछि सुनामीको आकलन भने गरिएको छैन ।

भूकम्पबाट इक्वेडरमा १३ जना र छिमेकी पेरुमा एक जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । साथै इक्वेडरका अधिकारीहरूले त्यहाँ १ सय २६ जना मानिस घाइते भएको बताएका छन् ।

इक्वेडरका राष्ट्रपति ग्वेल्लेर्मो लास्सोले उद्धारका लागि मातहतका अधिकारीहरूलाई आदेश दिएका छन् । छिमेकी पेरुमा भने इक्वेडरसँगको उत्तरी सीमा क्षेत्रमा भूकम्पको बढी धक्का महसुस गरिएको थियो । पेरुका प्रधानमन्त्री अल्बेर्तो ओतारोवाले भूकम्पका कारण पेरुमा ४ वर्षीया बालिकाको मृत्यु भएको बताएका छन् ।

प्रकाशित : चैत्र ५, २०७९ १४:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×