स्ववियु निर्वाचन : दार्चुलाका ४ क्याम्पसमा मतदान सुरु- सुदूरपश्चिम - कान्तिपुर समाचार

स्ववियु निर्वाचन : दार्चुलाका ४ क्याम्पसमा मतदान सुरु

मनोज बडू

दार्चुला — त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ४ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान सुरु भएको छ । आइतबार बिहानैदेखि क्याम्पसहरूमा मतदान सुरु भएको हो । दार्चुलाका राष्ट्रिय क्याम्पस दत्तु, शंकरपुर क्याम्पस पस्ति, लटिनाथ क्याम्पस मार्मा र कृष्ण स्नातक क्याम्पस लालिमा मतदान सुरु भएको हो ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ५ क्याम्पसमध्ये एउटा क्याम्पसमा निर्वाचन स्थगित भएको छ भने ४ वटा क्याम्पसमा नेतृत्व तथा पदाधिकारी चयनका लागि मतदान हुँदै छ । बिहानैदेखि विद्यार्थीहरू लामबद्ध भएर मतदान गरिरहेका छन् । मतदान आइतबार दिउँसो ४ बजेसम्म हुनेछ ।

दार्चुलाको स्ववियु निर्वाचनमा मुख्यतः २ वटा गठबन्धन बनेको छ । नेपाल विद्यार्थी संघ भने एक्लै चुनावी मैदानमा उत्रिएको छ । त्यस्तै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबीच गठबन्धन भएको छ ।

प्रकाशित : चैत्र ५, २०७९ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्

खेलाडीको लगन छँदैछ, अब राज्यको लगानी बढाउनुपर्छ

पाठक पत्र

काठमाडौँ — खेलाडीहरूको कदर छैन । सरकार मूकदर्शक छ । एउटा गतिलो खेल मैदान बनाउन पनि कुनै नेताले चासो दिएका छैनन् । तैपनि यस्तो उपलब्धि हासिल गर्ने नेपाली टोलीलाई बधाई छ ।– मिगमगर तेन्जी

खेलाडीहरूलाई हार्दिक बधाई । अत्यन्त गर्व र खुसी महसुस भयो । अन्तर्राष्ट्रिय जगत्मा देशको सम्मान बढेको छ । खेल र खेलाडीमाथिको राजनीतीकरणले चिन्तित पनि छु । क्रिकेट टोलीको आगामी यात्रा अझ सफल रहोस् ।
– मेगा राज

निराशाले गाँजिरहेको समाजमा खुसी र आशाको उपहार दिएकामा नेपाली टोलीलाई धेरैधेरै धन्यवाद । अब विश्वकप यात्रा प्रारम्भ भएको छ । राज्यले खेलकुदको विकासका लागि पर्याप्त लगानी गर्नुपर्छ भन्ने उदाहरण प्रस्तुत भएको छ ।
– पुष्प नेपाल

खेलमैदान बनाउन पनि अब दर्शकहरू जुट्नुपर्छ ।
– माझीबहादुर दल

अब क्रिकेट विकासका लागि केकस्तो योजना ल्याउने, पहिले केकति कुराले यस क्षेत्रमा सोचेअनुरूप काम हुन सकेन भन्नेमा पनि सरकारको ध्यान जानुपर्छ । खेलाडीले जसोतसो जिते भनेर ताली पड्काएर मात्र हुन्न ।
– राजेन्द्र घिमिरे

खेलमैदान राम्रो छैन । खेलाडीलाई राम्रो तालिम छैन । न त राम्रो तलब–भत्ता नै छ । छ त केवल फोहोरी राजनीति ।
– वसन्त

यो एतिहासिक जितको श्रेय नितान्त खेलाडी, प्रशिक्षक र टोलीमा रहेका अरू प्राविधिज्ञलाई जान्छ । सरकारले उति भरथेग नगर्दा पनि नतिजा उत्कृष्ट आएको छ ।
– लक्ष्मी शर्मा

असहज बसाइ, फितलो व्यवस्थापन अनि प्रतिकूल मौसमका बावजुद नेपाली क्रिकेट टिमलाई दिलैदेखि समर्थन गर्ने दर्शकलाई सलाम छ ।
– देवेन्द्र अचार्य

देशको गौरव राखेकामा खेलाडीहरूलाई बधाई छ । नेपाली दर्शकलाई अलिक सभ्य हुन अनुरोध पनि छ, खेल हेर्दा अपशब्द नबोलून् ।
– भरत गुरागाई

खेलाडीको लगन छँदैछ, अब राज्यको लगानी बढाउनुपर्छ ।
– विक्रम शिल्पकार

क्रिकेट हेर्न हामी कहिलेसम्म रूखमा चढ्ने ? यो अन्तर्राष्ट्रिय बेइज्जत कहिलेसम्म ?
– राजेन क्षत्री

प्रकाशित : चैत्र ५, २०७९ ११:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×