सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेस नेता शाहले दाबी प्रस्तुत गर्दै- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेस नेता शाहले दाबी प्रस्तुत गर्दै

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रमुखको कार्यालय पुगेका छन् । शाहलाई बिहीबार (आजै) मुख्यमन्त्री नियुक्त गर्ने र शुक्रबार शपथ ग्रहण गराउने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

५३ सदस्यीय प्रदेशसभामा कांग्रेस १९, माओवादी केन्द्र १० (सभामुख बाहेक), एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७, एकीकृत समाजवादी ४, राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन् ।

यसअघि पुस २७ गते माओवादी केन्द्र ११, एमाले १०, नाउपा ७, र एक जना राप्रपा सांसदको समर्थनमा गठित एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकारले बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत लिन असफल भएपछि सरकार ढलेको थियो । लगत्तै रावलले प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गरेका थिए ।

प्रकाशित : माघ २६, २०७९ १९:११
प्रतिक्रिया
पठाउनुहोस्

राजदूत डिप्रेजसँग ऊर्जामन्त्रीले भने - बंगलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौता हुन्छ

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन र युरोपेली युनियनका राजदूत नोना डिप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री लिङ्देनले विद्युत् उत्पादन, प्रसारण र बजारीकरणलाई प्राथमिकता दिई नेपालले काम गरिरहेको चर्चा गरे ।

हरित ग्यास उत्पादनको सम्भाव्यता अध्ययन र नीति निर्माणमा समेत निजी लगानीकर्ता र सरोकारवाला पक्षबीच छलफल भइरहेको उनले बताए । छिमेकी राष्ट्रलाई विद्युत् निर्यात गर्ने विषयमा राजदूत डिप्रेजले राखेको जिज्ञासामा लिङ्देनले बंगलादेशसँग विद्युत् व्यापार सम्झौता प्रक्रियामा रहेको बताए । नेपालले ठूलो मात्रामा विद्युत् निर्यात गर्ने गरी सम्झौता गर्न लागेको उनको भनाइ छ । लिङ्देनले आवश्यक ट्रान्समिसनको व्यवस्थासहित समानान्तररूपमा अन्तरदेशीय प्रसारण लाइन विस्तार गरी भारत तथा बंगलादेशसहितका मुलुकसँग विद्युत् निर्यात गर्ने गरी व्यापार सम्झौता गरिने बताए । नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपाललाई प्राप्त सहयोगका लागि युरोपेली युनियनललाई धन्यवाद दिँदै उनले भविष्यमा पनि ऊर्जा क्षेत्रमा सहयोग प्राप्त हुने विश्वास जनाए ।


प्रकाशित : माघ २६, २०७९ १९:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×