महाकालीमा बगेका वृद्धको मृत्यु- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाकालीमा बगेका वृद्धको मृत्यु

मनोज बडू

दार्चुला — महाकाली नदीमा बुधबार दिउँसो बगेका वृद्धको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको छ । महाकाली नगरपालिका-२ पण्डोराका वीरसिंह बडालको उपचारका क्रममा मृत्यु भएको प्रहरिले जनाएको छ ।

महाकाली नगरपालिका-४ स्थित रिंग्नेताल नजिकबाट बगेका वृद्धको करिब ४०० मिटर तल नदीमा बगिरहेको अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेर जिल्ला अस्पताल पुर्‍याएका थिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अचेत अवस्थामा सुरक्षाकर्मीहरूले उद्धार गरी वृद्वलाई जिल्ला अस्पताल पुर्‍याएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जनाएको छ । वृद्ध कसरी महाकालीमा बगे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरिको भनाइ छ ।

प्रकाशित : माघ २५, २०७९ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र टुंग्याउनुपर्ने प्रस्ताव

संवैधानिक प्रमुख वा सदस्य विरुद्धको महाभियोग प्रस्ताव ५ महिनाभित्र टुंगो लगाउने पर्ने 
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सचिवालयले राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र टुंग्याउनुपर्ने प्रस्ताव गरेको छ । समितिको बुधबारको बैठकमा सचिवालयले राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र र संवैधानिक प्रमुख वा सदस्य विरुद्धको महाभियोग प्रस्ताव ५ महिनाभित्र टुंगो लगाउनु पर्ने प्रस्ताव गरेको हो ।

सचिवालयले समितिमा मंगलरबार भएको छलफलको आधारमा खाका तयार पारेको हो । सचिवालयले बनाएको खाका समिति सदस्यहरुलाई वितरण गरिएको छ ।

यो विषयमा भोलि बस्ने बैठकमा छलफल हुने नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए । उनले भने, 'सचिवालयले बनाएको प्रस्तावमा आज अध्ययन गर्छौं । भोलि समिति बैठकमै छलफल हुन्छ ।'

प्रतिनिधिसभाले आफ्नो काम व्यवस्थित गर्नका लागि माघ १० गते प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको थियो । सबै दल र स्वतन्त्र सांसद समेतको संलग्नता रहेको समितिमा २१ सदस्य छन् । उनीहरुलाई १५ दिनको समय दिइएको छ ।

प्रकाशित : माघ २५, २०७९ १६:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×