बझाङमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु- सुदूरपश्चिम - कान्तिपुर समाचार

बझाङमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

वसन्तप्रताप सिंह

बझाङ — बझाङमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  मंगलबार बिहान धनगढीबाट बझाङ आउँदै गरेको मालवाहक ट्रक र चैनपुरदेखि बागथलातर्फ जाँदै गरेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार  २५ वर्षीया अमृता खत्रीको मृत्यु भएको हो । खत्री ४ महिनाकी गर्भवती भएको प्रहरीको भनाइ छ ।

दुर्गाथली गाउँपालिका–३ रकैल घर भएकी खत्री चार महिनाकी गर्भवतीसमेत रहेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रमेश अवस्थीले बताए ।

सुपप्र ०१०१० प ५३१७ नम्बरको मोटरसाइकल सुपप्र ०१००१ ख ३०७१ नम्बरको ट्रकसँग जयपृथ्वी राजमार्गमा पर्ने केदारस्युँ गाउँपालिकाको बज्वा भन्ने ठाउँमा ठोक्किएको थियो । मृतक खत्री मोटरसाइकलको पछाडि बसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ट्रकचालक दीपेन्द्र साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक नारायण जोशी भने दुर्घटनापछि फरार रहेको प्रहरीले बताएको छ । जोशी र मृतक खत्री एउटै गैरसरकारी संस्थामा कार्यरत रहेको पनि खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी जागेश्वर भण्डारीले बताए ।

प्रकाशित : माघ २४, २०७९ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्

चैतभित्रै सरकारले ८८ अर्ब आन्तरिक ऋण उठाउँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि  चैतसम्म)मा ८८ अर्ब रुपैयाँ आन्तरिक उठाउने भएको छ । यसका लागि राष्ट्र बैंकले आन्तरिक ऋणको तालिका सार्वजनिक गरेको छ । दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रुपैयाँ उठाउन लागेको हो ।



सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । उक्त लक्ष्यलाई तीन चरणमा गरेर उठाउन लागेको हो । सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएन । दोस्रो त्रैमासबाट मात्र आन्तरिक ऋण उठाउन लागेको हो । जसअनुसार चौथो त्रैमासमा सरकारले १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना राखेको छ ।

तेस्रो त्रैमासमा ट्रजरी विलमार्फत् ६० अर्ब, विकास ऋणपत्र मार्फत् २५ अर्ब, नागरिक बचतपत्र मार्फत २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्र मार्फत ५० करोड गरेर कुल ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको हो । जसमध्ये ट्रेजरी विल र विकास ऋणपत्रको ब्याजदर बोलकबोलका आधारमा तय हुने राष्ट्र बैंकले बताएको छ ।

प्रकाशित : माघ २४, २०७९ १४:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×