सुदूरपश्चिमका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने- सुदूरपश्चिम - कान्तिपुर समाचार

सुदूरपश्चिमका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार विश्वासको मत लिने भएका छन् । पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ गतेभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । 

माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेतासमेत रहेका रावलले विश्वासको मत पाउने नपाउने अझै यकिन हुन सकेको छैन । निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने नदिने भन्ने निर्णय अझै गरेको छैन । तर‚ एमाले र माओवादी भने नागरिक उन्मुक्तिले विश्वासको मतका पक्षमा मतदान गर्नेमा विश्वस्त छन् ।

‘प्रदेशसभा सचिवालयबाट बैठकको सूचना प्राप्त गरेपछि हाम्रा माननीयहरूबीच आन्तरिक छलफलमा जुटेका छौं,’ नागरिक उन्मुक्तिका प्रमुख सचेत लक्ष्मण थारुले भने‚ ‘विश्वासको मत दिने नदिने भन्नेमा निर्णय भइसकेको छैन ।’ ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्तिका ७ सांसद छन् । यो संख्या प्रदेशको सरकार निर्माणदेखि संसद्का हरेक प्रक्रियामा निर्णायक छ ।

सरकार नेतृत्वकर्ता दल एमाले सांसद धर्मराज पाठकले विश्वासको मत पाउनेमा विश्वस्त रहेको बताए । ‘उहाँहरूको मुख्य माग रेशम चौधरीको रिहाइ हो । संयोगले सर्वोच्च अदातलबाट पनि उहाँहरुकै अपेक्षाअनुसार प्रत्यर्थी झिकाउने आदेश भएपछि वातावरण सहज बनेको छ ।’

प्रकाशित : माघ २३, २०७९ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्

२९ गते बस्ने भनिएको एमाले बैठक स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — माघ २९ गतेका लागि बोलाइएको नेकपा एमालेको बैठक स्थगित भएको छ । पूर्वतालिका अनुसार एमालेको केन्द्रीय कमिटी बैठक माघ २९ र फागुन १ का लागि बोलाइएको थियो ।

तर उक्त बैठक स्थगित भएको सोमबार जानकारी दिइएको हो । गत मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा लगायत विषय उक्त बैठकको एजेन्डाको रुपमा तय गरिएको थियो ।

प्रकाशित : माघ २३, २०७९ १८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×