कैलालीमा लाटोकोसेरो तथा हुचिल उत्सव- सुदूरपश्चिम - कान्तिपुर समाचार

कैलालीमा लाटोकोसेरो तथा हुचिल उत्सव

मोहन बुडाऐर

धनगढी — कैलालीको घोडाघोडी सिमसार क्षेत्रनजिकै पर्ने घोडाघोडी नगरपालिका–४ को माघी गाउँमा शुक्रबारदेखि नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ ।

शनिबारसम्म चल्ने उक्त उत्सव तथा मेलामा स्थानीय, विद्यार्थी र संरक्षणप्रेमीहरूका लागि लोप हुन लागेको लाटोकोसेरो पक्षीका बारेमा जानकारी प्राप्त हुने आयोजकले बताएका छन् ।

चरा संरक्षण नेटवर्क र प्रकृतिका साथीहरू संस्थाले उत्सव आयोजना गरेको हो । ‘किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओझेलमा परेको लाटोकोसेरो तथा हुचिलहरूको संरक्षणका लागि उत्सवको आयोजना गरिएको’ नेपाल पक्षी संघका हेरुलाल डगौरा थारूले भने, ‘स्थानीय संस्कृति कार्यक्रम तथा खेलहरूको माध्यमबाट घोडाघोडी वर्ड सेन्चुरीमा पर्यापर्यटन प्रवर्द्धन गर्ने पनि उद्देश्य छ ।’

उनले लाटोकोसेरोको भारत, चीन र खाडी मुलुकमा अवैध कारोबार बढेकाले यसको संरक्षणको आवश्यकता विश्वव्यापी रूपमा भइरहेको औंल्याए । यस किसिमका उत्सव धादिङ, चितवन, नवलपरासी र गोरखामा भइसकेका छन । अन्तर्राष्ट्रियस्तरमा अमेरिका, इटाली र भारतमा समेत उत्सव हुँदै आएको उनले बताए । प्रकृतिका साथीहरू संस्थाले ४६ जिल्लामा गरेको यससम्बन्धी अध्ययनले नेपालमा वार्षिक २ हजार लाटोकोसेरो तथा हुचिल मारिने तथा विभिन्न मुलुकमा अवैध रूपमा पठाइने गरेको देखिएको छ । नेपालको कानुनी रूपमा लाटोकोसेरोलाई दुःख दिन, पाल्न र मार्न रोक लगाइएको जानकारी पनि स्थानीयलाई कम भएकोले उत्सवको आयोजना गरिएको डगौरा थारुले बताए ।

उत्सवमा चरा तथा प्रकृतिको अवलोकन, लाटोकोसेरो सम्वन्धि म्युजियम प्रदर्शनी, चित्र , फोटो र सूचनाहरूसंँगै स्थानीय आदीवासी जनजातीका लोपोन्मुख खेलहरू तथा सांस्कृतिक प्रदर्शनका कार्यक्रम राखिएको छ । उत्सवको अन्तिम दिन चार अनुसन्धानकर्मी र संरक्षणकर्मीहरूलाई दिइन लागेको प्रकृति संरक्षण पुरस्कार पनि वितरण गरिने बताइएको छ । यस वर्ष पुरस्कृत हुनेहरूमा गोविन्दबहादुर सिंह जाजरकोट, हेमबहादुर कटुवाल र कान्तिपुरकर्मी रमेशकुमार पौडेल र भारतीय वैज्ञानिक डा. सतिश पाण्डे छन् ।

प्रकाशित : माघ २१, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्

‘चिकित्सकको लापरबाही देखिएन’

कान्तिपुर संवाददाता

विराटनगर — कोसी अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएका जीवित शिशुलाई मृत घोषणा गरेको घटनामा चिकित्सक टोलीको लापरबाही नरहेको छानबिन समितिले जनाएको छ ।

घटना छानबिन गर्न गठित समितिले अस्पताल प्रशासनलाई बुझाएको प्रतिवेदनमा उपचारमा रहेका चिकित्सकबाट कुनै त्रुटि नभएको उल्लेख छ । श्वासप्रश्वासमा समस्या देखिएकी मोरङको जहदा–३ भाथिगछकी १८ दिनकी शिशुलाई उपचारका लागि उक्त अस्पताल पुर्‍याएपछि मेडिकल अफिसर आकाश यादवसहित अहेवद्वय टीका भण्डारी र लक्ष्मण माझीले जाँच गरेका थिए ।

शिशुको श्वास रोकिएको र मुटुको धड्कन नचलेको भन्दै चिकित्सकले मृत घोषणा गरेको शिशुपछि जीवितै रहेको पाइएपछि आक्रोशित आफन्तले डा.यादवलाई कुटपिट गरेका थिए । शिशुको पछि नजिककै गोल्डेन अस्पतालमा लगे पनि गत मंगलबार उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित : माघ २१, २०७९ ०७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×