कैलालीमा बन्चरो प्रहारबाट आमाको हत्या- सुदूरपश्चिम - कान्तिपुर समाचार

कैलालीमा बन्चरो प्रहारबाट आमाको हत्या

आमाले वृद्धभत्ताको रकम आफूलाई नदिएको भन्दै कैलाली लम्कीचुहाका ४० वर्षीय पुरुषले बन्चरो प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ
अर्जुन शाह

धनगढी — कैलालीको लम्कीचुहा नगरपालिका ६ बगमारामा बस्ने ४० वर्षीय श्रीराम थारुले आफ्नै आमा ७१ वर्षीया लगनी थारुलाई बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

बन्चरो प्रहारबाट सख्त घाइते भएकी लगनीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताए ।

प्रहरीका अनुसार आमाले वृद्धभत्ताको रकम नदिएपछि छोरा श्रीरामले बञ्चरोले ढाड र खुट्टामा प्रहार गरेर फरार भएका थिए ।

घटनापछि प्रहरीले श्रीरामको खोजी गर्दा स्थानीय देउराली सामुदायिक वनमा फेला पारेर उनलाई पक्राउ गरिएको प्रवक्ता जोशीले बताए । अनुसन्धानको क्रममा आरोपित श्रीरामले प्रहरीसमक्ष आफूले आमालाई आक्रमण गरेको वयान दिएका छन् ।

प्रकाशित : माघ १७, २०७९ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्

विश्वका १० ठूला अर्बपतिको सूचीबाट बाहिरिए गाैतम अडानी 

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वको तेस्रो धनी व्यक्तिका रुपमा स्थापित भारतीय व्यवसायी गौतम अडानी एक साताकै अवधिमा १० औं सूचीबाट बाहिरिएका छन् । अडानीका कम्पनीहरुको सेयर मूल्य समग्रमा ३६ अर्ब डलर घटेसँगै उनी विश्वका अर्बपतिको सूचीमा ११ औं स्थानमा परेका हुन् । ६० वर्षीय यी व्यवसायी अहिले ११ औं स्थानमा रहेको ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले देखाएको छ ।

सो इन्डेक्सले अडानीको हाल सम्पत्ति मूल्य ८४.४ अर्ब डलर रहेको जनाएको छ । गत मंगलबार अमेरिकी इन्भेस्टमेन्ट रिसर्च कम्पनी हिन्डेनबर्गले अडानीका कम्पनीहरुको हिसावकिताब गडबडी तथा चलखेलबाट सेयर मूल्य उचालेको सम्बन्धमा एक प्रतिबेदन सार्वजनिक गरेको थियो । अडानीले २०२२ मा ४० अर्ब डलरले आफ्नो सम्पत्ति बढाएका थिए ।

जसकारण विश्वको तेस्रो स्थानमा रहेका अडानी ११ औं स्थानमा झरेका छन् । हिन्डेनबर्गले गत मंगलबार अडानी ग्रुपबारे 'कसरी विश्वका तेस्रो सबैभन्दा धनी व्यक्तिले व्यवसायको इतिहासकै सबैभन्दा ठूलो ठगी गररिहेका छन् ?’ शीर्षकको ३२ हजार शब्दमा एक खोजमूलक प्रतिवेदन प्रकाशन गरेको थियो । त्यसयता उनका कम्पनीहरूको सेयर मूल्य ओरालो लागेको छ । अडानी इन्टरप्राइजेज, ग्रीन इनर्जी, पोर्ट्स एन्ड सेज, पावर, ट्रान्समसिन, टोटल ग्यास, विल्मरलगायत अनेकौं कम्पनीका उनी मालिक हुन् ।

यस्तो छ ब्लुमबर्गको पछिल्लो बिलिनियर्स इन्डेक्स सूची


प्रकाशित : माघ १७, २०७९ १५:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×