दार्चुलाको शैल्यशिखरमा भेटिएको शवको पहिचान- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुलाको शैल्यशिखरमा भेटिएको शवको पहिचान

मनोज बडू

दार्चुला — शनिबार शैल्यशिखर नगरपालिका–९ स्थित चौलानी किनारमा भेटिएको महिलाको शव पहिचान भएको छ । नदी किनारमा फेला परेको शव सोही नगरपालिका २ नम्बर वडाकी २२ वर्षीया धनमती भट्टको रहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार शैल्यशिखर नगरपालिकाको कार्यालय पछाडि नदी किनारमा भेटिएको शव शैल्यशिखर नगरपालिका–२ तौकी बस्ने माधव भट्टकी श्रीमती धनमतीको हो । अहिले शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको र घटना थप अनुसन्धान भइरहेको इप्रका गोकुलेश्वरका इन्चार्ज वीरेन्द्र थापाले बताए ।

प्रकाशित : माघ ८, २०७९ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्

चमेलिया किनारमा महिलाको शव फेला

मनोज बडू

दार्चुला — शैल्यशिखर नगरपालिका–९ स्थित चमेलिया नदी किनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको छ । शनिबार अपराह्नतिर गोकुलेश्वरस्थित चमेलिया नदी किनारमा अन्दाजी २६ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार शैल्यशिखर नगरपालिकाको भवन पछाडि चमेलिया नदी किनारमा करिब अपराहृन ४ बजेतिर महिलाको शव डुबेको अवस्थामा फेला परेको जनाएको छ ।अपराहृन ४ बजेतिर चमेलिया नदी किनारमा डुबेको अवस्थामा शव फेला परेको इप्रका गोकुलेश्वका इन्चार्ज वीरेन्द्रसिंह थापाले बताए । शवको पहिचान हुन सकेको छैन ।

शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इन्चार्ज थापाले बताए ।


प्रकाशित : माघ ७, २०७९ १८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×