दार्चुलाको शैल्यशिखरमा भेटिएको शवको पहिचान

दार्चुला — शनिबार शैल्यशिखर नगरपालिका–९ स्थित चौलानी किनारमा भेटिएको महिलाको शव पहिचान भएको छ । नदी किनारमा फेला परेको शव सोही नगरपालिका २ नम्बर वडाकी २२ वर्षीया धनमती भट्टको रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार शैल्यशिखर नगरपालिकाको कार्यालय पछाडि नदी किनारमा भेटिएको शव शैल्यशिखर नगरपालिका–२ तौकी बस्ने माधव भट्टकी श्रीमती धनमतीको हो । अहिले शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको र घटना थप अनुसन्धान भइरहेको इप्रका गोकुलेश्वरका इन्चार्ज वीरेन्द्र थापाले बताए ।
प्रकाशित : माघ ८, २०७९ १७:०४