१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जहाज दुर्घटनामा परेका कञ्चनपुरका आमाछोराको सनाखत, अन्तिम संस्कार महाकालीमै गरिने

भवानी भट्ट

कञ्चनपुर — पोखरामा भएको जहाज दुर्घटनामा ज्यान गुमाएका कञ्चनपुरका आमा छोराको सनाखत भएको छ । सोमबार दिउँसो आमा सुष्मा पाण्डेय भट्ट र छोरा श्लोक भट्टको शवको सनाखत भएको हो । 

जहाज दुर्घटनामा परेका कञ्चनपुरका आमाछोराको सनाखत, अन्तिम संस्कार महाकालीमै गरिने

‘आज (सोमबार) शवको पहिचान भयो, अब पोष्टमार्टमपछि अन्तिम संस्कारका लागि यहीँ ल्याउने तयारी भइरहेको छ,’ मृतक सुष्माका काकाससुरा यज्ञराजले भने, ‘अहिले पोष्टमार्टमको तयारी भइरहेको जानकारी आएको छ ।’

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरका आमा छोरा काठमाडौंबाट घुम्नका लागि आइतबार बिहान पोखरा उडेका थिए । सुष्माका श्रीमान् सञ्जीव भने पहिले नै पोखरा पुगेका थिए । उनले नै श्रीमती र छोरालाई घुम्न र आफन्तसँगै भेटघाटका लागि पोखरा बोलाएका थिए ।

सुष्मा दुई छोरा र एक छोरीसँगै काठमाडौंमा बस्थिन् । उनकी जेठी छोरी चितवनमा एमबीबीएस अध्ययनरत छिन् । कान्छी छोरी काठमाडौंमै आईटी इन्जिनियर हुन् । दुई छोरामध्ये जेठो कक्षा १२ मा अध्ययनरत छन् ।

कान्छा श्लोक काठमाडौंको एक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए । सुष्माका श्रीमान सञ्जीव महेन्द्रनगरमै व्यापार व्यवसायमा संलग्न छन् । यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले मृतक भट्टको घरमा पुगेर समवेदना प्रकट गरेका छन् ।

प्रकाशित : माघ २, २०७९ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?