१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

महाकालीले बगाएर एक महिलाको मृत्यु

मनाेज बडु

दार्चुला — दार्चुला सदरमुकाम नजिकैको महाकाली नदीमा बगेर शनिबार दिउँसाे एक महिलाकाे मृत्यु भएकाे छ ।

महाकाली नगरपालिका-४ स्थित बङ्गाबगरबाट महाकाली नदीमा खसेर ब्यास गाउँपालिका १ छांग्रुकी अन्दाजी ७० वर्षीया बिन्दा ऐतवातको मृत्यु भएकाे हाे ।

महाकाली नदीले बगाएर ल्याएको महिलाको शव महाकाली नगरपालिका ४ स्थित डुम्पानी भन्ने ठाउँ (भारततर्फ) फेला परेकाे स्थानीय भाेजराज जाेशीले बताए ।

भारतीय प्रहरिले ढुङ्गाको बीचमा अड्किएकाे शव निकालेर पोस्टमार्टमका लागि पिथौरागड जिल्लाको धार्चुला अस्पतालमा लगिएको जनाएको छ । नदीले ती महिलालाई कसरी बगायो भन्नेबारे यकिन जानकारी आइसकेको छैन । यसबारे अनसन्धान गर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस ९, २०७९ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?