अत्तरियामा सहकारी कार्यालयमा तोडफोड, ५ लाख ६८ हजार भन्दा बढी चोरी


धनगढी — सहकारी कार्यालय तोडफोड गरेर ५ लाख ६८ हजार भन्दा बढी चोरी भएको छ ।

कैलालीको गोदावरी अत्तरिया पहाड रोडमा गोरखबहादुर खत्रीले सञ्चालन गरेको साना किसान कृषि सहकारी संस्थाको कार्यालय तोडफोड गरेर उक्त रकम चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार कार्यालयभित्र रहेको लकर तोडेर नगद रकम चोरेको र सीसीभिटी क्यामराको डिभाइससमेत लिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । केही दिनअघि मात्र अत्तरियामा सुनचाँदी व्यावसायीमाथि गोली प्रहार गरी लुटपाट गरिएको थियो ।